काठमाडौं । जुम्ला प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेलाई सोमबार कोरोना पोजेटिभ पुष्टि भएको हो । कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणका लागि हिजो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा सोमबार आएको रिपोर्टमा उहाँमा कोरोना पोजेटिभ देखिएको काफ्ले स्वयंले जानकारी दिनुभएको छ ।…