
स्याङ्जा । भिरकोट नगरपालिका २ की एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ५२ वर्षीय महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
असोज २६ मा कोरोना संक्रमण देखिएपछि उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयूमा उपचार भैरहेको थियो ।
उनमा थाइराइड र प्रेसरको समस्या पनि रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्