काठमाडौं, चैत २५ । सरकारले चीनबाट अनुदानमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउँदैछ । स्वास्थ्य मन्त्रालयका अनुसार चिनबाट प्राप्त ८ लाख डोज खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइनेछ । मन्त्रालयका अनुसार ८ लाख डोज खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ वटा खोप केन्द्रबाट दिइने…