सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि • Image Khabar Image Khabar


सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि


Imagekhabar
२२ चैत्र २०७७, आईतवार ०९:१८

सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक / एक जनामा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा तीन जनामा नयाँ भेरिएन्टको कोरोना संक्रमणको पुष्टि भएको उहाँले बताउनु भयो ।

उहाँले नयाँ भेरिएन्ट पुष्टि भएपनि कुन प्रकारका हो भनेर पुष्टि नभएको पनि बताउनुभयो । कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्