पाँचथर । पाँचथर अस्पतालमा भेन्टिलेटर भएपनि सञ्चालन हुन नसक्दा उपचारमा समस्या भएको छ । जिल्लामा रहेका ४ वटै भेन्टिलेटर सञ्चालन हुन नसक्दा उपचारमा समस्या भएको हो । भेन्टिलेटर सञ्चालन गर्न सक्ने कर्मचारी र डाक्टरसहितको दक्ष जनशक्ति नहुँदा उपकरण भएपनि प्रयोग गर्न नसकिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमणि सुवेदीले बताउनुभयो । उहाँले भेन्टिलेटर सञ्चालन गर्न एनएसथियोलोजिष्ट…