काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताउनुभएको छ । बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारबाहीको भागिदार हुने बताउनुभयो । काठमाडौंका विभिन्न अस्पतालले मनपरी ढङ्गले रकम लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले…