नवलपरासी । लुम्बिनी प्रदेश सरकारले शववाहनका लागि रकम पठाए पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले अहिलेसम्म शववाहन खरिद गरेको छैन । जिल्लामा एउटा पनि शववाहन नभएपछि जिल्ला सदरमुकाममा रहेको रामग्राम नगरपालिकालाई शववाहन खरिद गर्न प्रदेश सरकारले १५ लाख रुपैयाँ अनुदानमा रकम पठाएको थियो । कोरोना संक्रमणबाट जिल्लामा हरेक दिन मृतक र संक्रमितको संख्या बढ्दै गए पनि…