बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकाका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग हुने भएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी सहित सबै सवारीसाधन कोरोना नियन्त्रण र संक्रमित बोक्न प्रयोग गर्ने निर्णय भएको जनाएको छ । गाउँपालिकामा एक–एक वटा एम्बुलेन्स, टीपर, बोलेरो जिप र कार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत…