बाजुरा । बडिमालिका नगरपालिका–९ का वडअध्यक्ष विनोदकुमार विकको कोभिड संक्रमणबाट मृत्यु भएको छ । शनिबार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रिफर गरिएका वडाध्यक्ष विकको बाटोमै मृत्यु भएको हो । एक हप्तादेखि बिरामी भएका अध्यक्ष विकमा शनिबार बिहान कोभिड पोजेटिभ देखिएको थियो । विकको अछामको साफेँबगरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।