८ कर्मचारीमा कोभिड देखिएपछि गाउँपालिकाको सेवा बन्द « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


८ कर्मचारीमा कोभिड देखिएपछि गाउँपालिकाको सेवा बन्द


0
Shares

बैतडी । जिल्लाको शिवनाथ गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

गाउँपालिका र वडा कार्यालय गरि ८ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो । सेवा जेठ २ गतेपछि पुनः सुचारु हुनेछन् ।

यस्तै कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु जेठ २ सम्मका लागि बन्द गरेको छ ।