काठमाडौं, जेठ १६ । थाइल्याण्डका राजपरिवारबाट नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको छ । राजपरिवारको सहयोगका स्वास्थ्य सामग्री बोकेको रोयल थाई एयर फोर्सको विशेष विमानबाट आइतबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासप्पले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको थियो । थाइ नरेश महाबजिरालोङकन फ्रा वजिरक…