६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


चीनले दिएको १५ सय अक्सिजन सिलिन्डर रसुवागढीबाट भित्रियो


0
Shares

रसुवा । चीन सरकारले नेपाललाई सहयोग स्वरूप अनुदानमा दिएको स्वास्थ्य सामाग्रीमध्ये १५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी नाका हुँदै नेपाल भित्रिएको छ ।

मंगलबार बिहान चीनले अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क रसुवागढी नाका हँुदै नेपाल भित्रिएको हो ।

३ वटा गाडिमा १५ सय थान अक्सिजन सिलिन्डर र एउटा गाडिमा ५ लाख २७ हजार ५ सय थान मास्क गरी ४ वटा चिनियाँ गाडीमा सामाग्री नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्री मंगलबार नै स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखामा पठाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बताउनुभयो । चीनले नेपाललाई अनुदानमा दिने भनिएको २० हजार थान अक्सिजन सिलिन्डरमध्ये नेपाल बायु सेवा निगमको जहाजले करिब २ हजार सिलिन्डर बेजिङबाट काठमाण्डौ ल्याइसकेको छ ।

पछिल्लो समय रसुवागढी नाकाबाट व्यवसायीले मगाएका स्वास्थ्य सामाग्री र चिनियाँ सहयोगका सामाग्री नेपाल भित्रिरहेको छ ।