नरेन्द्र थापा नेपालगन्ज, जेष्ठ १४ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार घटनाका मुख्य दोषी मानबहादुर रावतसहित तीन जनाबिरुद्ध ज्यानमार्ने मुद्दा दर्ता गरिएको हो । यसैबीच, जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफलमा…