कोरोना जितेकी वृद्धा भन्छिन्, ‘९३ वर्षको मान्छेलाई के को डर ?’ • Image Khabar Image Khabar


कोरोना जितेकी वृद्धा भन्छिन्, ‘९३ वर्षको मान्छेलाई के को डर ?’


Imagekhabar
१७ जेष्ठ २०७८, सोमबार १९:२८

कोरोना जितेकी वृद्धा भन्छिन्, ‘९३ वर्षको मान्छेलाई के को डर ?’

काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षीया सुशीला भुजेल कोरोना जितेर घर फर्किनुभएको छ ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत वैशाख २४ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिनुभएका उहाँ ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बस्नुभएको थियो ।

२४ दिनपछि आइतबार परीक्षण गर्दा उहाँको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणका कारण आफूलाई ठूलो समस्या नदेखिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’

युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरूको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्