काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएकाे हाे। भेटमा मन्त्री वाग्लेले विपद्को समयमा भारतीय पक्षले सहयोगमा देखाएको तत्परताप्रति आभार व्यक्त गर्नुभएकाे छ। विदेशमन्त्री जयशंकरसँगको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री वाग्लेको सचिवालयले जनाएको हाे।
भारतीय विदेशमन्त्री जयशंकरले अर्थमन्त्री वाग्लेसँग आर्थिक, राजनीतिक र कनेक्टिभिटीको विषयमा छलफल भएको उल्लेख गर्नुभएकाे छ। विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गरेको जानकारी विदेशमन्त्री जयशंकरले एक्समार्फत गराउनुभएकाे हाे।









प्रतिक्रिया दिनुहोस्