काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुखमा कसले जित हासिल गर्छ ? भन्ने सर्वत्र चासो छ । पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् भने ललितपुर, पोखरा र भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार अगाडि रहेका छन् । काठमाडौंमा कांग्रेसका राजुराज जोशीले ५८१ मत, एमालेका विद्यासुन्दर शाक्यले ५४९ र विवेकशील पार्टीकी रञ्जु दर्शनाले…