काठमाडौं महानगरपालिकामा तीन समूह बनाइ गणना « Image Khabar


काठमाडौं महानगरपालिकामा तीन समूह बनाइ गणना


Imagekhabar
२ जेष्ठ २०७४, मंगलवार १६:३२

सोमबारदेखि सुरु गरिएको मतगणनाकार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।

अहिले महानगरको वडा नम्बर–१, २ र ३२ को एकैसाथ मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए ।

ढिलाइ भएको गुनासोपछि आयोगले टोली बढाएर छिटो गणनाका लागि निर्देशन पनि दिएको थियो ।

कुल ३२ ओटा वडा रहेको महानगरमा दुई लाख ७९ हजार ३१६ मतदाता छन् । रासस

प्रतिक्रिया दिनुहोस्