बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी « Image Khabar


बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी


Imagekhabar
२ जेष्ठ २०७४, मंगलवार १५:०७

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन् ।

सदस्यहरुमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमाईं निर्वाचित भएका छन् ।

दुई हजार २६० जना मतदाता र तीनओटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो ।

त्यसैगरी, बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ ।

सुरुआतदेखि नै अग्रता लिएको एमालेका प्रत्यासी प्रमोद श्रेष्ठले तीन वडाको मतगणना सकिँदासम्म एक हजार ९२६ मत प्राप्त गरेका छन् । कांग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा राप्रपाका सञ्जु बरुवालले एक हजार ५४६ मतले अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका ज्योति लामिछानेले एक हजार १०८ मत प्राप्त गरेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्