आइतबार दिउँसो साढे ३ बजेसम्मको मतगणनाअनुसार भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ४० हजार ९ सय ८० मतसहित अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १ सय ९० मत ल्याएर पछ्याइरहेकी छन् ।