सडक हिलाम्मे भएपछि मतदान केन्द्र निरीक्षण प्रभावित

निर्वाचनका कार्यक्रम शुरु हुनुअगावै केही मतदान केन्द्रको निरीक्षण तथा अनुगमन गर्नुपर्ने व्यवस्था भए पनि सडक अवरुद्ध भएपछि गर्न नसकिएको मूख्य निर्वाचन अधिकृत इन्द्रकुमार चोङटेङली राईले बताए ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ५७ स्थानमा ८५ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । ती मध्ये केहीको अवस्थाबारे मूख्य निर्वाचन अधिकृतले निरीक्षण तथा अनुगमन गर्न निर्वाचन आयोगले निर्देशन गरेको छ ।
सडक अवरुद्ध हुँदा निर्वाचन कार्यालयलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न, प्रचार प्रसार गर्न र आवश्यक सामग्री ओसार पसार गर्नसमेत समस्या भएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए ।