सो वडामा राजपाका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका महन्थी यादवको गत शनिबार मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो । मुख्य निर्वाचन कार्यालय राजविराजकाअनुसार वडाको निर्वाचन असोज ५ गतेलाई सारिएको छ । सोही दिन मतदानपश्चात् मतगणना हुने मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।