Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


लहान–१ मा कांग्रेस, कर्जन्हा–१ मा माओवादी र भगवानपुर–१ मा फोरम नेपालको प्यानलै विजयी


0
Shares

लहान नगरपालिका वडा नम्बर–१ मा कांग्रेस, कर्जन्हा नगरपालिका वडा नम्बर–१ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नम्बर–१ मा संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

लहान नगरपालिका वडा नम्बर–१ का कांग्रेसका उम्मेदवार सियाराम यादवले २९९ मत प्राप्त गरी विजयी भए भने कर्जन्हा नगरपालिका वडा नम्बर–१ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी भए ।

यसैगरी, सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर–१ मा संघीय समाजवादी फोरम नेपालका बद्रीनारायण यादव वडाध्यक्षमा विजयी भएका छन् ।

मतगणना भइरहेको सिरहाको गोलबजार र मिर्चैया नगारपालिका, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ भने लहान, धनगढीमाई नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

त्यस्तै, कर्जन्हा नगरपालिकासहित विष्णुपुर र नरहा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

निर्वाचन कार्यालयले सिरहामा मतगणनास्थललाई सुरक्षित बनाएर मत गणना गरिरहेको प्रमुख निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए । रासस

Skip This