जिल्ला निर्वाचन कार्यालयले समयमै मतगणनाको व्यवस्थापन गर्न असफल बनेपछि बारालगायत प्रदेश नम्बर–२ का अधिकांश स्थानमा मतगणना सुस्त बनेको हो । बाराका १६ स्थानीय तहको ८ मतगणनास्थलमा हालसम्म २ हजार मतसमेत गणना गरेको देखिँदैन । स्थानीय जनप्रतिनिधिका परिणाम सुन्न गाउँ–गाउँबाट आएका सर्वसाधारण दिक्क बन्दै घर फर्कन थालेका छन् । निर्वाचन कार्यालयले पूर्वतयारी नगरेकै कारण मतगणना ढिलो…