Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक


0
Shares

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहान प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमा कायम रहेका एक हजार २७१ वडामध्ये हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगकाअनुसार, सप्तरीका १७, सिरहाका २४, धनुषाका २२, महोत्तरीका २१, सर्लाही ३५, रौतहटका २७, बाराका २२ र पर्साका १० वडाको मतपरिणाम सार्वजनिक भएको हो ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा ७६ दशमलव ८ प्रतिशत मत खसेको थियो । रासस