कारागार व्यवस्थापन विभागले भवन निर्माण विभागसँग सहकार्य गरेर १७ जिल्लामा कारागारको भवन निर्माण गर्न लागेको हो । कैदीबन्दीको सङ्ख्या धेरै र भवनको सङ्ख्या थोरै हुँदा समस्या परेपछि भवन निर्माण विभागसँग सहकार्य गरेर भवन निर्माण गर्न लागेको हो । विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले भूकम्पले क्षति पुगेका तथा पुराना भवन निर्माणका लागि भवन विभागले सहयोग गर्न लागेको…