Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


धादिङमा ट्रक दुर्घटना, १३ जना घाइते


0
Shares

गम्भीर घाइते हुनेहरुमा सिद्धलेक गाउँपालिका–५ का ४५ वर्षीय गाडीधनी कूलबहादुर श्रेष्ठ, ३७ वर्षीय मिनाकुमारी श्रेष्ठ, नीलकण्ठ नगरपालिका– ७ का नौ वर्षीय सुदिप श्रेष्ठ, पाँच वर्षीय सुजन श्रेष्ठ, २७ वर्षीय लक्ष्मी श्रेष्ठ, नवराज श्रेष्ठ र नीलकण्ठ नपा–४ का १९ वर्षीय रोजन श्रेष्ठ छन् ।

दुर्घटनामा परी अन्य १३ जना सामान्य घाइते भएका छन् ।

कालुपाण्डे मार्गको कालीदहबाट कुम्पुरतर्फ जाँदै गरेको बा ३ ख ८७८८ नं. को स्वराज ट्रक कच्चीसडकबाट पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जीयारले जानाकारी दिए ।

कुम्पुरतर्फ पसलको सामान लिएर जाँदै गरेको सो ट्रकमा उनीहरु सवार थिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस