दिप प्रज्वलनसहित भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्मानमा ‘रिफ्लेक्सन’ नामक चित्रकला प्रदर्शनी समेत आयोजना गरियो ।
कार्यक्रममा पीडितहरुको अनुभूतिका आधारमा कलाकारहरुले कलात्मक ढंगबाट चित्रकला प्रदर्शनी गरे ।
भूकम्प पीडितलाई सहायता जुटाउने उदेश्यले स्थापना भएको ‘नेपालीका लागि नेपाली’ नामक संस्थाले दिप प्रज्वलन गर्दै भावी कार्यक्रम पनि सार्बजनिक गरेको छ ।
संस्थाका अध्यक्ष भुवन रोक्काका अनुसार संस्थाले गोरखामा ‘इन्टरलक ब्लक’ सिस्टम अनुरुप भवन, चौतारा, विद्यालय निर्माण गर्दै आइरहेको छ । संस्थाले बैशाख १२ गतेदेखि दुईसाता चेतनामुलक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्