भूकम्पपछिको पुनःनिर्माणमा सीमान्तकृतहरुको संरक्षण गर्न सरकार असफल भएको प्रतिवेदनमा उल्लेख छ ।
मंगलबार राजधानीमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालेरी जुलियन र एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष राजन कुईकेलले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
अध्ययनले राष्ट्रिय पुनःनिर्माण प्रयासहरुले सीमान्तकृत समूहहरुको विशेष आवश्यकतालाई सम्बोधन गर्न नसकेको देखाएको एम्नेस्टी इन्टरनेसनलका निर्देशक निराजन थपलियाले जानकारी दिए ।
दोलखालगायत भूकम्पप्रभावित जिल्लाहरुमा अध्ययन–अनुसन्धानपछि प्रतिवेदन तयार गरिएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्