प्रधानमन्त्री शेरबहादर देउवाले १५ दिनभित्र उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न दिएको निर्देशन आंशिकरुपमा कार्यान्वयन भएको छ । गत साउन १ गते प्रधानमन्त्रीको निर्देशन आएपछि सरोकारवाला निकायहरुले खाल्डा पुर्ने कामलाई तीव्र बनाएका हुन् । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले पाइपलाइन विस्तारकाक्रममा खनिएका सडकको अस्थायीरुपमा मर्मत गर्ने काम हुँदै आएको र प्रधानमन्त्रीको निर्देशनपछि काम झनै तीव्र…