Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


भक्तपुरमा सात वर्षपछि गुंलापर्व मनाइने


0
Shares

गुंला ङकधलं व्यवस्थापन समितिले शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन गरी धार्मिक एवं सांस्कृतिक गुंलापर्व मनाउने तयारी पूरा भएको जनाएको हो ।

समितिका अध्यक्ष जितलाल मानन्धरले गुंलापर्व परापूर्वकालदेखि मानन्धर समुदायले साउन ९ गतेदेखि भदौ ६ गतेसम्म विभिन्न धार्मिक कार्यक्रम गरी मनाउने गरिएको जानकारी दिए ।

समितिका सचिव रामकृण मानन्धरले गुंलापर्व बुद्ध धर्मावलम्बी नेवार समुदायकोमात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व भएको बताए ।