Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नगरपालिकाले निकासा गरिसकेको सामाजिक सुरक्षा भत्ताबापतको रकमसमेत बैंकले रोक्यो !


0
Shares

बैंकले झन्डै दुई महिना ढिला गरी भत्ता रकम वितरण गरेपछि सेवाग्राही पीडित बनेका हुन् । बैंकले कार्यालयको दुई तला माथिबाट मात्र भत्ता वितरण गर्दासमेत आफूहरुलाई लाम लाग्न समस्या भएको वृद्धावृद्धाको गुनासो छ ।

चन्द्रपुर नगरपालिकाले गत जेठ १९ गते चौमासिक निकासाबापत प्रतिब्यक्ति ८ हजारका दरले करिब १ करोड ६४ लाख रुपैयाँ चन्द्रनिगाहपुरस्थित एभरेस्ट बैंकमा जम्मा गरिसकेको छ । तर बैंकले सो रकम अन्यत्र खर्च गरेर वितरणमा ढिलाई गरेको आरोप स्थानीयको छ ।

चन्द्रपुर नगरपालिकाका करिब २ हजार ५ सय ज्येष्ठ नागरिक र असहायले यो बैंकमार्फत् रकम निकाल्ने गरेका छन् ।