Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज हुँदा जे देखियो (भिडियोसहित)


0
Shares

पूर्वराजा शाहको उपचारमा संलग्न डा. यादव भट्ट र पारिवारिक चिकित्सक डा. किशोरजंग राणाको सल्लाहमा डिस्चार्ज गरिएको हो ।

धमनीमा सामान्य समस्या देखिएकाले उनको एन्जियोप्लास्टी गरी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

पूर्वराजा शाह गत बुधबार उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् ।

पूर्वराजा शाहको डिस्चार्जकाक्रममा पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीसहित शुभचिन्तक र सर्वसाधारणसमेत नर्भिक अस्पताल पुगेका थिए ।

यसैबीच, पूर्वराजा शाहले शुक्रबार एक विज्ञप्ति जारी गरी उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सक, कर्मचारी, व्यवस्थापन र सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

भिडियो हेर्नुहोस्