आठसय मिटर लम्बाइ रहेको उक्त पुलको आगामी बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । यसका लागि पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ ओदालीसित महाकाली नदी किनारमा आवश्यक तयारी गरेको छ । महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले पुलको शिलान्यासका लागि प्रधानमन्त्री भीमदत्तनगर आउने कार्यक्रम तय भइसकेको…