Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


वडाध्यक्षले गाउँपालिका उपप्रमुखलाई कुटे


0
Shares

मादकपदार्थ सेवन गरेका वडाध्यक्ष गुरुङले सोमबार दिउँसो उपप्रमुखको कार्यकक्षमा गइ उपप्रमुखलाई हातपात गरी कुटपिट गरेका मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्काले जानकारी दिए ।

आफूलाई आफ्नै कार्यकक्षमा कुटपिट गरेपछि प्रहरीमा उजुरी दिन आएकी उपप्रमुख गुरुङलाई वडाध्यक्ष गुरुङका बुबा नोर्बु गुरुङले प्रहरी कार्यालयभित्रैसमेत कुटपिट गरेको नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले बताए । नेर्बु गुरुङ नेपाली कांग्रेस मुस्ताङका कार्यबाहक अध्यक्षसमेत हुन् ।

सहायक प्रजिअ खड्काले कुटपिटको कारणकोबारेमा अनुसन्धान भइरहेको बताए । खड्काले कुटपिटमा संलग्न गुरुङद्वयलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए ।