ग१ख ३५७९ नम्बरको माइक्रोबसले ठक्कर दिँदा पर्वत घर भइ वालिङ, भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो ।
माइक्रोको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक चिनकपुर गुरुङले जानकारी दिए ।
अरु चारजना गम्भीर घाइतेहरुलाई पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा ५५ वर्षीय बद्री श्रेष्ठ, १३ वर्षीया सिर्जना श्रेष्ठ, २८ वर्षीय लोकप्रसाद कुमाल र १८ वर्षीय अर्जुन कुमाल रहेका छन् । घाइते हुनेहरु वालिङ–९ का स्थायी वासिन्दा रहेको प्रहरीले जनाएको छ ।
सहचालकले चलाउँदा…
चालक नभएको मौकाछोपी पार्किङमा रोकिराखेको माइक्रोबस सहचालकले चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अनियन्त्रित हुँदै गुडेको माइक्रो नजिकैको पसलमा ठोक्किएका कारण अझै ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् ।
सहचालकको लापरबाहीकै कारण एक स्कुले विद्यार्थीको मृत्युसँगै चारजना गम्भीर घाइते हुन पुगेका जनाइएको छ ।
माइक्रोका सहचालक पुतलीबजार नगरपालिका–१४ का १८ वर्षीय रन्जित केसी र ठक्कर दिने माइक्रोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्