चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन् । काठको खम्बा र बाँसको कपेटाले बारेर माटोले पोतेर बनाइएका अधिकांश घरमा बाढी पसेर सञ्चित खाद्यान्न र आवश्यक सामग्री बगाएपछि तिनीहरूलाई विशेषगरी खानेकुराको चिन्ताले सताएको…