सुन्दर, सफा र समुन्नत काठमाडौं बनाउने शाक्यको भरोसाप्रति सर्वसाधारणमासमेत सन्देह पैदा भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको १०० दिनमा १०१ काम नारामैमात्र सीमित हुने देखिएको छ । शाक्यले १०१ कामको घोषणा गरेको यही भदौ २१ गते १०० दिन पुग्दैछ ।
‘काम–कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै मेयर शाक्यलाई सभा–सम्मेलनको सम्मान थाप्न नै भ्याइ–नभ्याइ रहेको छ । सुन्दर, सफा र समुन्नत काठमाडौं बनाउने योजना केवल घोषणामैमात्र सीमित बन्न पुगेको छ ।
धूलो–धुवाँमुक्त बनाएर ‘नो मास्क सिटी’ बनाउने, ‘काठमाडौं महानगर झिलिक्क, घरघर टिलिक्क’, ‘सही समय सही ठाम, नो ट्राफिक जाम’देखि ‘ग्रीन एन्ड क्लिन काठमाडौं’ केवल नारामामात्र सीमित देखिएको छ ।
मेयर शाक्यले जनतालाई केवल आश्वासन बाँडेको र कुनै अनुभूति हुने गरी काम नभएको सर्वसाधारण बताउँछन् ।
महानगरको पहिलो बैठकमा मोबाइल किन्ने निर्णय गराएर विवादमा तानिएका शाक्यले चर्को आलोचना खेपेका थिए ।
त्यसको केही समयपछि बिलासी गाडी खरिद गर्ने उनको अर्को निर्णयको पनि सर्वत्र आलोचना भएको थियो । कुराभन्दा पनि काम गरेर देखाउन मेयर शाक्यलाई सर्वसाधारणको सुझाव छ ।
पछिल्लो समय सन्चारमाध्यमलाई आफ्नो कार्यप्रगतिको विवरण दिनसमेत मेयर शाक्यले कन्जुसाइँ गरेको देखिन्छ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्