मर्स्याङ्दी गाउँपालिकाअन्तर्गत खुदीको अर्खले भन्ने स्थानमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । गएराति पहिरो झरेर सडक पुरिएपछि यातायात अवरुद्ध भएको खुदी प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले जानकारी दिए । ठूलठूला ढुंगासहितको पहिरो झरेकाले सानो ‘एक्साभेटर’ले पहिरो पन्छाउन नसकिने र छिट्टै यातायात सन्चालन गर्न सम्भव नभएको प्रहरीले जनाएको छ ।…