Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध


0
Shares

मर्स्याङ्दी गाउँपालिकाअन्तर्गत खुदीको अर्खले भन्ने स्थानमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो ।

गएराति पहिरो झरेर सडक पुरिएपछि यातायात अवरुद्ध भएको खुदी प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले जानकारी दिए । ठूलठूला ढुंगासहितको पहिरो झरेकाले सानो ‘एक्साभेटर’ले पहिरो पन्छाउन नसकिने र छिट्टै यातायात सन्चालन गर्न सम्भव नभएको प्रहरीले जनाएको छ ।

यातायात अवरुद्ध भएपछि मनाङ पुग्नेहरु अलपत्र परेका छन् । मनाङसहित जिल्लाको उत्तरी भेगमा रहेका ताघ्रिङ, घेर्मुका यात्रुलाई पनि समस्या भएको छ ।

पहिरो पन्छाउनका लागि ठूलो ‘एक्साभेटर’ माग गरिएको खुदी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले बताए । रासस