Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


काठमाडौंमा इन्द्रजात्रा सुरु, ३६ हाते लिंगो हनुमानढोकामा ठड्याइयो


0
Shares

लिंगो गाड्ने चलन पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाहको पालादेखि शुरु भएको मानिन्छ ।

केन्द्रीय मानन्धर संघको अगुवाइमा भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हनुमानढोकामा ठड्याउने चलन रहँदै आएको केन्द्रीय मानन्धर संघका सभापति गोपालकृष्ण मानन्धरले जानकारी दिए ।

आजैबाट ईन्द्रजात्राको विशेष आकर्षण मानिने पुलुकिसि र लाखेनाच पनि सुरु भएको छ ।

एक सातासम्म चल्ने ईन्द्रजात्राको मूख्य दिन आगामी मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ ।

उक्त दिन राष्ट्रप्रमुखबाट पनि जात्रा अवलोकन गर्ने परम्परा रहेको छ ।

यसैबीच इन्द्रजात्रा शुरु भएको अवसरमा केन्द्रीय मानन्धर संघअन्तर्गतको तखाछें खलःले पहिलो पटक ६४ जना कन्याको पूजा गरेको छ ।