तस्करहरुले खोलामा स्काभेटर प्रयोग गरी ढुंगा, गिटी र बालुवा तस्करी गरिरहँदा पनि स्थानीय प्रशासन भने मौन बस्दै आएको छ ।
इनरुवाका ठेकेदार जयप्रकाश साहलगायतले अनधिकृतरुपमा सेउतीखोलामा स्काभेटर प्रयोग गरी निर्वाधरुपमा ढुंगा, बालुवा निकाल्ने गर्दै आएको बाँझगरा सामुदायिक वन धरानका अध्यक्ष राजन मोक्तानले आरोप लगाएका छन् ।
उनले खोला तस्करी गर्ने ठेकेदारलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्