क्यानडियन नेवाः गुठी र नेवाः कल्चर सोसाइटी अफ अल्बटाले संयुक्तरुपमा क्यानडाको ओन्टेरियोमा सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा नेवार समुदायको भाषा कला र संस्कृतिलगायतका विषयहरुमा विभिन्न व्यक्तिहरुले कार्यपत्र प्रस्तुत् गरेको जनाइएको छ ।
उत्तर अमेरिका र विश्वभरि विभिन्न देशमा रहेका नेवार समुदायको सांस्कृतिक सम्पदा, संस्कृति कला, भाषा, रीतिरिवाज र रहनसहनलाई प्रवद्र्धन र संरक्षण गर्ने उदेश्यले क्षेत्रीय सम्मेलनको आयोजना गरेको वर्ल्ड नेवाः अर्गनाइनेसनले जनाएको छ ।
सम्मेलन गत शुक्रबार सुरु भएको थियो । सम्मेलनमा नेवार संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजनासमेत गरिएको थियो ।














प्रतिक्रिया दिनुहोस्