Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


धेरै धुवाँ फाल्ने सवारी–साधन कारबाहीमा

प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी–साधनलाई कारबाही सुरु गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० ओटा त्यस्ता सवारी–साधनलाई नियन्त्रणमा लिइ कारबाही गरेको जनाएको छ । जसमा प्रदूषण स्टिकर फेल भएका ३१७, स्टिकर नभएका ८ र बढी धुवाँ फाल्ने १२५ सवारी–साधन छन् ।…