Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाल र बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना


0
Shares

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उक्त विश्व संस्थाका लागि बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरे ।

न्यूयोर्कस्थित स्थायी नेपाली नियोगका अनुसारआज उक्त नियोगमा आयोजित एक कार्यक्रममा दुवै मुलुकका राजदूतले समझदारीपत्रमा हस्ताक्षर गरी उनीहरुले त्यससम्बन्धी जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दिएका छन् ।

समझदारीपत्रमा हस्ताक्षर गरेपछि दुवै राजदूतले पारस्परिक सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र पर्यटन प्रवद्र्धनबारे छलफल गरेका थिए । रासस