साँझ ५ बजेतिर भएको विस्फोटबाट प्रतिक्षालयको टिनको छानामा केही प्वाल परेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरि र सशस्त्र प्रहरी बेसक्याम्प लच्काका प्रहरी घटनास्थल पुगेका थिए । सानो आकारको सुतलीबम बनाएर प्रतिक्षालयमा राखिएको पाइएको इलाका प्रहरी कार्यालय प्रहरी मनहरिका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए । शनिबार अपराह्न…