Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘सुरक्षा व्यवस्था मजबुद्, निर्धक्क भएर मतदान गर्नोस्’


0
Shares

निर्वाचनको पूर्वसन्ध्यामा शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा व्यवस्था मजबुद् रहेकाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।

उनले जुनसुकै मतदानस्थलमा १० देखि १५ मिनेटभित्र थप सुरक्षाकर्मी पुग्ने गरी व्यवस्था मिलाइएको दाबी पनि गरे ।

निर्वाचनका लागि ६४ हजार नेपाली सैनिक र ६८ हजार ८०० प्रहरी र ४२ हजार ८०० सशस्त्र प्रहरी खटिएको जनाइएको छ ।

त्यस्तै, ९८ हजार १७६ म्यादी प्रहरी पनि निर्वाचन सुरक्षामा खटिएका छन् ।