
शनिबार दिउँसो पौने २ बजेतिर बम विस्फोट भएको हो ।
छविसपाथीभेरा गाउँपालिका–४ बागबाडुस्थित जनता आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको छ । त्योभन्दा झन्डै ३००/४०० मिटर टाढा नांगोडाँडामा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
बम विस्फोटबाट कुनैपनि प्रकारको क्षति भने नभएको उनले बताए ।
बम विस्फोट हुँदा गाउँमा ठूलो आवाज आएको र त्यसले गर्दा स्थानीय बासिन्दा त्रसित भएको जनाइएको छ ।
बम विस्फोट कसले गरायो भन्ने खुलिसकेको छैन । विस्फोट गराउनेको खोजीकार्य भइरहेको डीएसपी कँडेलको भनाइ छ ।
यसैबीच, मतदान केन्द्र र आमनागरिक भएको ठाउँसम्म कडा सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदान केन्द्रसम्म पुगी मतदान गर्न प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले सबैलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्