२०६६ सालमा भवन डिभिजन कार्यालयले बनाएको उक्त भवन प्रयोगमा नआउँदा बेवारिसे बनेको हो । भवन ९ बर्षदेखि सञ्चालनमा आएको छैन । निर्माण भएदेखि हालसम्म प्रयोगमा नआउँदा भवनका झ्याल, ढोकासमेत तोडफोड भएका छन् भने भवनका कोठामा पराल, नल, घाँस राख्ने ठाउँ बनेको छ । जिल्ला अस्पतालको क्षेत्रभित्रै पर्ने यो भवन अस्पतालभन्दा २ सय मिटरमात्रै टाढा छ…