
फाइल तस्वीर
फुङ्लिङ नगरपालिकास्थित सदरमुकाम नजिकैको नापी टोलमा सडक किनारमा रोकिराखेको मे१त ५०३६ नम्बरको ट्याक्टर अचानक गुड्दा ट्याक्टरको ठक्करबाट स्थानीय ५ वर्षीय अनमोल लिम्बु घाईते भएका हुन् ।
घाईते अनमोल साविकको लिवाङ गाविस १ घर भई हाल घटनास्थल नजिकै डेरा गरी बस्ने सन्तबिर लिम्बुका छोरा हुन् । ट्याक्टरमा ओट नलगाएका कारण आफैं गुडेको हुन सक्ने प्रहरीको अनुमान छ ।
घाईते बालकको दाहिने खुट्टामा चोट लागेको बताईएको छ । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ भने नाम थर नखुलेका चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्