
केन्द्र विवादकै कारण आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँ सभा भएको छैन । गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण विषयसमेत त्यतिकै थन्किएका छन् ।
तत्कालिन मोराहाङ, श्रीजुङ र पौठाक गाउँ विकास समितिलाई मिलाएर गठन भएको मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ बजार तोकिएको थियो ।
तर मोराहाङ बजार सबैलाई पायक नपर्ने भन्दै केन्द्र सार्ने या नसार्ने भन्नेमा जनप्रतिनिधिबीचमै विवाद भएको हो ।
६ वडा रहेको गाउँपालिकामा दुई वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष जितेको नेकपा एमाले मोराहाङ बजारमै हुनुपर्ने तथा गाउँपालिका उपाध्यक्ष र चार वडाध्यक्षसहित बहुमत पाएको नेपाली कांग्रेस सबैलाई पायक पर्ने ठाउँमा केन्द्र सार्नुपर्ने पक्षमा रहेका छन् ।
कांग्रेसनिकट जनप्रतिनिधि श्रीजुङ वा मोराहाङ बजारभन्दा करीब २ किमि टाढाको डाँडामा केन्द्र सार्नुपर्ने मागमा छन् ।
गाउँपालिकाको केन्द्र विवाद र कर्मचारी अभावले गाउँपालिकाको गाउँ सभा भने प्रभावित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्